You are viewing the translated version of कम्पनी वा संस्थामार्फत परिपालना परीक्षण गराउन सकिने.

Section 81
कम्पनी वा संस्थामार्फत परिपालना परीक्षण गराउन सकिने


(१) देहायको सूचक संस्थाले देहाय बमोजिम परिपालना परीक्षण गराउनु पर्नेछ

(क) पाँच अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी वा वासलात भएको सूचक संस्थाले कम्तीमा तीन जना परिपालना परीक्षक आबद्ध भएको वा आबद्ध भई कार्य गर्न सम्झौता गरेको कम्पनी वा संस्थासँग,

(ख) एक अर्ब रुपैयाँदेखि पाँच अर्ब रुपैयाँसम्म चुक्ता पुँजी वा वासलात भएको सूचक संस्थाले कम्तीमा दुई जना परिपालना परीक्षक आबद्ध भएको वा आबद्ध भई कार्य गर्न सम्झौता गरेको कम्पनी वा संस्थासँग,

(ग) दश करोड रुपैयाँदेखि एक अर्ब/रुपैयाँसम्म चुक्ता पुँजी वा वासलात भएको - सूचक संस्थाले कम्तीमा एक जना परिपालना परीक्षक आबद्ध भएको वा आबद्ध भई कार्य गर्न सम्झौता /गरेको कम्पनी वा संस्थासँग,

(घ) दश करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी वा वासलात भएको सूचक संस्थाले परिपालना परीक्षक वा निज आबद्ध कम्पनी वा संस्थासँग,

(ङ) खण्ड (क), (ख), (ग) र (घ) बाहेकका अन्य व्यावसायिक वा पेशाकर्मीको रूपमा रहेको-सूचक संस्थाले जोखिमको आधारमा नियमनकारी निकायले निर्धारण गरे बमोजिम।

(२) उपनियम (१) बमोजिम परिपालना परीक्षक आबद्ध भएको वा आबद्ध भई कार्य गर्न सम्झौता गरेको कम्पनी वा संस्था सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण वा अनुगमन मूल्याङ्कन तालिम वा परिपालना परीक्षणको काम गर्ने प्रमुख उद्देश्य सहित स्थापना वा दर्ता भएको हुनु पर्नेछ।